आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नाम्सकाे स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० जेष्ठ १७, बुधबार (१० महिना अघि)


 

डि आर क्षेत्री,नवलपुर।नेपाल बजार बिक्री प्रतिनिधि संघ(नाम्स) काे २३ ओैं स्थापना दिवशकाे अवसर आज देशैभरि विभिन्न कार्यक्रम गरिएकाे छ ।साेही अवसर पारेर नारायणी क्षेत्रिय समिति, चितवनले भरतपुर अस्पताल परिसरमा रहेकाे क्षेत्रिय रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको गरेकाे छ ।

अस्पतालमा रगतकाे मात्र कमि हुन नदिनका लागि र मानव स्वास्थ्यका लागि समेत रक्तदान आवश्यक रहेकाे हुँदा आफ्नाे संस्थाकाे स्थापना दिवशमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको नारायणी क्षेत्रिय समिति चितवनका अध्यक्ष सविन लामिछानेले जानकारी दिनुभयाे।लामिछानेका अनुसार हरेक तीन तीन महिनामा एक सय जना भन्दा बढि दाताहरु सहितकाे रक्तदान कार्यक्रम निरन्तर आयाेजना गरिनेछ। कार्यक्रममा ९ जना महिलासहित ७२ जना दाताहरुले रक्तदान गरेका थिए ।

नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय सदस्य विमल घिमिरे , गणेश लामिछाने , राजेन्द्र बोहाेरा , नारायणी क्षेत्रिय समिति चितवनका पुर्व अध्यक्ष सुर्य दाहालकाे विशेष उपस्थित रहेकाे कार्यक्रमकाे संयाेजन गणेश अर्यालले गर्नुभएको थियाे ।

Write your Comment