आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

कावासोती १२ मा किशोरकिशोरीहरुका लागि नेतृत्व क्षमता सीप सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८० जेष्ठ ११, बिहिबार (११ महिना अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा किशोरकिशोरीहरुका लागि नेतृत्व क्षमता सीप सम्बन्धि तालिम सम्पन्न भएको छ। क्नान्लानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती वडा नम्बर १२ को आयोजनामा शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा तालिमको आयोजना गरिएको हो।

तालिममा सहजकर्ता राधादेवी बोटेले किशोरी शसक्तिकरण कार्यक्रम, किशोरीहरुले लिएका तालिमहरु र टोल, समुदाय, विद्यालय, वडामा गर्दै आएका गतिविधिहरु, नेतृत्व क्षमता सीप सम्बन्धि तालिम आयोजना गर्नुको उदेश्यको बारेमा बताउनु भएको थियो ।

त्यस्तै गरि साथी शिक्षक विमया नेपाली, पुर्णिमा चापागाईं, कृष्णा देवी माझी र रिमा कुमारी मुसहरले नेतृत्व भनेको के हो ?, नेतृत्वको महत्त्व र आवश्यकता किन छ ?, असल नेतृत्वकर्तामा हुनु पर्ने गुणहरु केके हुन् ?, नेतृत्व क्षमता सीप अभिवृद्धि कसरी गर्न सकिन्छ ?, किशोर किशोरीहरुको जिम्मेवारी र कर्तव्यहरु के के हुन् ?, घर, परिवार र समुदायमा नेतृत्व लिएर समस्याहरु कसरी समाधान गर्न सकिन्छ ? भन्ने कुराको बारेमा बताउँदै तालिममा सहजीकरण गर्नु भएको थियो ।

तालिममा विद्यालय बालक्लवका सदस्य नम्रता वस्ताकोटी अध्यक्षता शान्ती निकुञ्ज किशोरी समुहको सम्पर्क शिक्षक गिता भुसाल, विद्यालय बालक्लवका प्रतिनिधिहरु, साथी शिक्षकहरु, जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि राधादेवी बोटे र आशा बि.क. लगायत विद्यालयमा अध्ययनरत किशोर किशोरीहरु गरी ४५ जनाको सहभागिता रहेको थियो ।

Write your Comment