आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

    प्रकाशित २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)


दाङ । वनभोज खान गएका दुई युवतीको दाङमा डुबेर मृत्यु भएको छ ।कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।

उनीहरू मंगलबार डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका थिए। साँझपख नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार उनीहरुसहित छ जना वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

Write your Comment