आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा शुक्रबारदेखि राष्ट्रिय स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८० बैशाख २१, बिहिबार (११ महिना अघि)


नवलपुर । कावासोती नगरपालिकामा राष्ट्रिय स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ। टेन स्टार क्लबको अयोजना तथा जिल्ला फुटबल संघ नवलपुर र कावासोती नगरपालिका वडा नम्बर १७ को समन्वयमा कावासोती १७ मा रहेको सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा खेल संचालन हुने भएको हो।


बैशाख २२ गतेदेखि २७ गते सम्म संचालन हुने प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा इन्डिजिनियस भेट्रान्स काठमाडौं,नवलपुर ११ भेट्रान्स,नागासोती भेट्रान्स हेटौंडा,चितवन भेट्रान्स,नवलपरासी पश्चिम भेट्रान्स,भु.पु. आर्मी भेट्रान्स,काल भैरव भेट्रान्स हेटौंडा,अभिषेक चर्च रजहर,लेकसाईड भेट्रान्स पोखरा,बुटवल भेट्रान्स रुपन्देही र सिमरा भेट्रान्सको सहभागिता रहने खेल संयोजक पूष्परत्न महतोले जानकारी दिए।

प्रतियोगिताको बिजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

४० वर्ष माथिका खेलाडीहरुको सहभागितामा संचालन हुने प्रतियोगिताको समुदघाटन खेल शुक्रबार इन्डिजिनियस भेट्रान्स काठमाडौं र नवलपुर ११ भेट्रान्सबीच हुने खेल संयोजक महतोले बताए ।सो समुदघाटन खेलमा कावासोती नगरपालिकाको नगर उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहनेछ।खेल संयोजक महतोका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

Write your Comment