आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुली ११ मा लागू औषध, साइबर अपराध,ट्राफिक सचेतना तथा बालमैत्री कार्यक्रम

    प्रकाशित २०८० बैशाख ९, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा लागू औषध, साइबर अपराध,ट्राफिक सचेतना तथा बालमैत्री कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा न ११ को आयोजनामा शनिबार वडा कार्यालयमा सो कार्यक्रम भएको हो ।

वडाका युवा तथा बालबालिकाहरुलाई लागू औषधको प्रयोगबाट बचाउन,सामाजिक संजालको सही प्रयोग गर्ने तरिका सिकाउन,ट्राफिक सचेतना लगायत बालमैत्री स्थानीय शासनको बारेमा जानकारी गराउन कार्यक्रम गरिएको देवचुली नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेले बताउनुभयो । वडाबाट आर्थिक वर्ष २०७९/०८० मा विनियोजित बजेटबाट कार्यक्रम गरिएको उहाँले बताउनुभयो।

देवचुली वडा नम्बर ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल,वडा सदस्यहरु,युवा क्लबका प्रतिनिधि,बाल क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा लागू औषध, साइबर अपराध,ट्राफिक सचेतना सम्बन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका वरिष्ठ प्रहरी नायब निरीक्षक लेखनाथ पुरीले सहजीकरण गर्नुभएको थियो भने बालमैत्री तथा किशोरी अधिकार सम्बन्धि किशोरी अभियन्ता रेजिना घर्ती मगरले सहजीकरण गर्नुभएको थियो । देवचुली ११ का वडा सदस्य डम्बरबहादुर सिंजालीले संचालन गर्नु भएको कार्यक्रममा वडाका ६० जना बालबालिका तथा युवाको सहभागिता रहेको थियो।

Write your Comment