आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

रवि लामिछानेका सवारी चालक घरको छत बाट खसेको अवस्थामा भेटिए, स्वास्थ्य अवस्था गम्भीर

    प्रकाशित २०८० बैशाख ४, सोमबार (१ साल अघि)


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित भाडामा लिएको घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ स्थाइ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा आज बिहान करीब ४ बजे चितवन स्थित भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनी हिजो राती रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै छतमा सुतेका थिए ।

लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम समेत तय भएको थियो ।

Write your Comment