आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा विद्यालयस्तरीय किशोरी आत्मरक्षा तालिम सुरु

    प्रकाशित २०७९ फागुन १९, शुक्रबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ६ मा विद्यालयस्तरीय किशोरी आत्मरक्षा तालिम सुरु भएको छ। देवचुली नगरपालिकाको सहयोग तथा परिवर्तनका लागि युवा नेपालको आयोजनामा देवचुली नगरपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालयका किशोरीहरुलाई तीन दिनको तालिम सुरु गरिएको हो।

तालिममा किशोरी अधिकार,नेपालको संविधान र बालबालिकाको अवस्था,समुदाय भित्रका बालबालिकाहरुका साझा र जल्दाबल्दा सवालहरु,किशोरीका साझा सवालहरु,मानसिक स्वास्थ्य र किशोरीका सवालहरु,हिंसा,दुर्व्यवहार,असमानता भनेको के हो?,हिंसा कहाँ कहाँ हुन्छ,सवाल पहिचान,स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र किशोरीका सवालहरु,हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका,जीवन उपयोगी सीप, आत्मरक्षा सम्बन्धि विषयगत छलफल तथा अभ्यास लगायतका विषयमा सहजीकरण गरिने परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईले बताए ।

परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईको अध्यक्षता भएको उदघाटन सत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।त्यसै गरि तालिममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, देवचुली ६ का अध्यक्ष मीनबहादुर सोती,देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख बिमला लम्साल,नगरप्रमुखका सचिवालय प्रमुख सागर न्यौपाने ,जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष/प्रधानाध्यापक, शिक्षकहरुलगायतको उपस्थिति रहेको थियोे ।

उदघाटन सत्रमा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाले किशोरी अधिकारका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउँदै कीर्तिपुर बन्दिपुर बाह्रकोलका किशोरीहरुका लागि आत्मरक्षा तालिमका संचालन लागि नगरपालिकाले रकम विनियोजन गरिएको बताए । नगरपालिकाका सबै स्थानका किशोरीहरुका लागि समान अवसरका लागि नगरपालिकाले सदैव काम गर्ने उनले बताए । देवचुली वडा न ६ का अध्यक्ष मीनबहादुर सोती,देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख बिमला लम्साल,विद्यालयका प्रधानाध्यापक ले तालिम सफलता शुभकामना मन्तव्य राखेका थिए।

तालिममा पहिलो दिन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी ,जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,किशोरी अभियन्ता रेजिना घर्ती मगरलगायतले सहजीकरण गरेका थिए।

Write your Comment