आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति

    प्रकाशित २०७९ फागुन १५, सोमबार (१ साल अघि)


काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

त्यस्तै विदेश जान पाउने गरी लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए । दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।

लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको २८ पुसको आदेश सदर गरेको हो ।नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

Write your Comment