आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण

    प्रकाशित २०७९ माघ १५, आईतबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिका वडा नम्बर ९ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका ९ को बिनियोजित बजेटबाट शुक्रबार वडा कार्यालयमा सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति आधा लिटर तोरीको तेल,आधा किलो मह,एक किलो नुन र आधा क्रेट अण्डा वितरण गरिएको हो ।


बच्चाहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेतता गराउँदै सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण कार्यक्रम निरन्तररुपमा गर्दै आईरहेको देवचुली- ९ का अध्यक्ष बलिराम सापकोटाले बताए । वडामा रहेका २ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १ हप्ता अघिबाट नै वडामा रहेका एक हजार दिनका आमाहरुको नाम संकलन गर्न अनुरोध गरिएको र १२० जना सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको हो । अभियानका क्रममा कोही छुटेको भए वडाले सबैलाई समानरुपले पोषण वितरण गर्ने अध्यक्ष सापकोटाले बताए ।

देवचुली- ९ ले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिम लगायतका विभिन्न सशक्तिकरण कार्यक्रमहरु निरन्तर गर्दै आईरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा वडा अध्यक्ष सापकोटाले प्रतिबद्धता जनाए ।


देवचुली-९ का अध्यक्ष बलिराम सापकोटाको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्यहरु,आधारभुत स्वास्थ्य सेवा केन्द्र देवचुली ९ का प्रमुख हीरा मल्ल,आधारभुत स्वास्थ्य सेवा केन्द्र देवचुली ९ व्यवस्थापन समिति सदस्य तुल्सी अर्याल, टोल विकास समितिका पदाधिकारी , महिला स्वास्थ्य स्वयंसेविका,आमा समुहको प्रतिनिधिलगायत सुनौला हजार दिनका आमाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली- ९ का वडासचिव जीवन गैह्रेले गरेका थिए ।

Write your Comment