देवचुली । सिटिजन्स बैंक धारापानी शाखाद्वारा देवचुलीका दुई विद्यालयलाई वाटर डिस्पेन्सरसहित सामाग्री हस्तान्तरण गरेको छ । बैंकद्वारा देवचुली ११ मा रहेको सुर्यकिरण आधारभूत विद्यालय र देवचुली १२ मा रहेको दिव्य ज्योति आधारभूत विद्यालयमा मंगलबार सामाग्री वितरण गरिएको हो ।
बैंकका शाखा प्रवन्धक विश्वास ढुंगेलका अनुसार मंगलबार सुर्यकिरण आधारभूत विद्यालयमा एक वटा वाटर डिस्पेन्सर र १ वटा अफिस कुर्ची हस्तान्तरण गरिएको साथै दिव्य ज्योति आधारभूत विद्यालयमा एक वटा वाटर डिस्पेन्सर, २० वटा कुर्ची र १० वटा डस्टविन हस्तान्तरण गरिएको हो । बैंकका शाखा प्रबन्धक ढुंगेलले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका विद्यार्थीहरुलाई चिसो तातो तथा शुद्ध पिउने पानीको व्यवस्था गर्नका लागि सहयोगस्वरूप वाटर डिस्पेन्सर वितरण गरिएको बताउनुभयो ।
बैंकले दिव्य ज्योति आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश पाण्डे, प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठ र पुर्व प्रधानाध्यापक पुरुषोत्तम न्यौपानेलाई उक्त सामाग्री हस्तान्तरण गरिएको र सुर्य किरण आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेमबहादुर ठाडा मगर र प्रधानाध्यापक लोक बहादुर थापालाई हस्तान्तरण गरिएको हो ।
सिटिजन्स बैंक धारापानीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरेको र आगामी दिनमा समेत सक्दो सहयोग गर्ने शाखा प्रवन्धक विश्वास ढुंगेलले बताउनुभयो । उहाँका अनुसार बैंकले २० दिन अघि प्रगतिनगर खानेपानीसँग सहकार्य गरि प्रगतिनगर चोकमा सर्वसाधारण तथा बटुवाका लागि पिउने पानीको धारा जडान गरेको छ । साथै बैंकले सेवाग्राहीलाई मध्यनजर गर्दै धारापानीमा एटीमको सेवा समेत सुरुवात गरेको छ ।