आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

‘जहाज सेती खोंचमा लगेर पाइलटले नजिकैको बस्ती जोगाए’ (दुर्घटना स्थलका केही ताजा तस्बिर सहित)

    प्रकाशित २०७९ माघ १, आईतबार (१ साल अघि)


पोखरा । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३५ जनाको शव निकालिएको छ। जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए।

आईतवार बिहानै एक्कासी बस्ती नजिकै धुवाँको मुस्लो देखियो। अचानक आएको आवाज लाई पछ्याउदा जहाज दुर्घटना स्थलमा धुवा र आगोको मुस्लो देखियो एक स्थानिय बताउछन ।

कतिपय स्थानिय भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्। जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा थिय । हाल तिब्र गतिमा उद्दार कार्य भईरहेको छ ।

जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ। जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ।

दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो।

अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। हाल सम्म ३५ वटा सब निकालिसकिएको छ र प्रहरी र सेनाले डढेका शव निकाल्दै छन्।

Write your Comment