आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा तीन दिन नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने

    प्रकाशित २०७९ मंसिर २७, मंगलबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा तीन दिन नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रा.लि. को सहयोगमा मंसिर २८ देखि पौष १ गतेसम्म विशेषज्ञ स्वास्थ्य शिविर देवचुली वडा नम्बर १६ को कार्यालयमा संचालन हुने भएको हो ।   

शिविरमा स्त्रीरोग,नाक कान घाँटी रोग,मुख तथा दन्त रोग,सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग,छातीरोग,परम्परागत चाईनिज उपचारलगायत उपचारहरु विशेषज्ञद्वारा नि:शुल्क सेवा प्रदान गरिने देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । शिविरमा नि:शुल्क ईसिजी,भिडियो एक्सरे, प्रयोगशाला परीक्षण तथा औषधि उपलब्ध हुने न्यौपानेले बताउनुभयो ।

विपन्न परिवारको जेष्ठ नागरिक, असहाय, महिला तथा अंपागहरु मध्ये प्रतिदिन ७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिने नगरपालिकाले जनाएको छ । स्वास्थ्य परीक्षण लिन इच्छुक व्यक्तिले बिहान खाली पेटमा पानी समेत नखाई आउनका लागि समेत नगरपालिकाले अनुरोध गरेको छ ।

Write your Comment