आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा मृगौला पीडित सारुको उपचारका लागि आर्थिक सहयोग

    प्रकाशित २०७९ कार्तिक २९, मंगलबार (१ साल अघि)


देवचुली। दुवै मृगौलामा समस्या भएका देवचुली नगरपालिका वडा नम्वर ८ का कृष्णबहादुर सारुको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । दियो जनसेवा क्लब देवचुली नगरपालिका- ८/९ को पहलमा देवचुली नगरपालिका वडा नम्बर ८ आँपटारीमा सारुको उपचारार्थ संकलित रकम ३८ हजार १७० रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा देवचुली वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाँचे, भीमसेन आदर्श माध्यमिक विद्यालयका शिक्षक मनवीर पुलामी, देवचुली वडा नम्बर ९ का पूर्व अध्यक्ष मेखबहादुर सारु मगर,क्लबका पदाधिकारी तथा स्थानीय समाजसेवीहरुको उपस्थिति थियो । सहयोग रकम देवचुली वडा नम्बर ८ को आँपटारीमा संकलन गरिएको र कृष्णबहादुर सारु बचाउ अभियान संचालन गर्दै थप आर्थिक सहयोग संकलन गर्ने तयारी गरिएको क्लबका अध्यक्ष बुद्धिबहादुर फालले बताए ।

दुवै मृगौलाले काम नगरेकोले सारुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले सबैलाई सहयोग गरिदिनका लागि परिवारले अनुरोध गरेको छ ।

Write your Comment