आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मतपत्र नजलाउन माग गर्दै सर्वोच्चमा रिट

    प्रकाशित २०७९ कार्तिक २९, मंगलबार (१ साल अघि)


काठमाडौं।चुनाव सकिएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मतपत्र जलाउँदा वायु प्रदूषण हुने, संविधानले व्यवस्था गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको हनन् हुने भन्दै उक्त नियममा भएको व्यवस्था हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो।

कानुनशास्त्रका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका हुन्। नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ।

चुनाव सकिएपछि मतपत्र धुल्याउने नाममा जलाउँदा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन् हुने भन्दै उनीहरुले मतपत्र नजलाउन माग राख्दै वैकल्पिक उपाय खोज्न भन्दै रिट दायर गरेका हुन्।

रिटको पेसी आज मंगलबार तोकिएको छ। कागजात धुल्याउने नाममा आयोगले मतपत्र गणना सकिएपछि त्यसमाथि मुद्दा पर्न सक्ने अवधि नाघेपछि जलाउने गरेको छ।

Write your Comment