आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री कप क्रिकेटः गण्डकीको विजयी सुरुवात

    प्रकाशित २०७९ कार्तिक १४, सोमबार (१ साल अघि)


काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा समूह ‘ए’अन्तर्गत भएको आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।

युवा ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई ६९ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम ३२.४ ओभरमा १ सय ३९ रनमा समेटियो।

सुदूरपश्चिमका लागि मिलन बोहराले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै गजेन्द्र बोहराले ३५ रन बनाउँदा बसन्त खत्रीले १० रन जोडे। उसका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै सुवास भण्डारी र अभिषेक बस्नेतले समान २–२ विकेट लिएका थिए।

त्यसअघि टीयू मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा २ सय ८ रन बनाएको थियो। गण्डकीका लागि अर्जुन कुमालले ६३ रन बनाउँदा समिर कँडेलले २६ रन तथा विधान श्रेष्ठले २५ रन बनाएका थिए। सन्दीप क्षेत्रीले १९ रन जोडे।

कप्तान विपिन खत्री र कमल परियारले समान १३–१३ रन बनाएका थिए। सुदूरपश्चिमका कैलाश ऐयर, नारायण जोशी र शेर मल्लले समान २–२ विकेट लिए।

Write your Comment