आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुर,चितवन लगायतका जिल्लामा ठूलो वर्षा,आज पनि देशैभर पानी पर्ने

    प्रकाशित २०७९ आश्विन २०, बिहिबार (१ साल अघि)


नवलपुर । नवलपरासी पूर्व, नवलपरासी पश्चिम,चितवन, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।

हिजो टीका थाप्न कै लागि हिँडेका बेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँस दाउराको काम गर्दा पनि ख्याल गर्न भनिएको छ । चिप्लो र भिरालो क्षेत्रमा घाँस दाउरा नगर्न सुझाव दिइएको छ ।

यसैबीच, आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले वाग्मती प्रदेशको चितवनमा धेरै पानी परिरहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ ।

Write your Comment