आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

कावासोती बाह्रमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

    प्रकाशित २०७९ भाद्र २१, मंगलबार (१ साल अघि)


नवलपुर। नवलपुरको कावासोती नगरपालिका वडा न १२ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ ।

मंगलबार कावासोती नगरपालिका वडा न १२ र सनराईज बैंक लिमिटेड कावासोती शाखाबीच सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्ने सम्झौता भएको हो ।

जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरु कावासोती बैंकमा पुगेर भत्ता लिन समस्या भएकाले वडा कार्यालयले बैंकसँग समन्वय गरि वडा कार्यालयबाटनै सामाजिक सुरक्षा भत्ता वितरणका लागि पहल गरेको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिए।

अध्यक्ष खनालका अनुसार वडा कार्यालयबाट जेष्ठ नागरिक अन्य १८३ जना , जेष्ठ नागरिक दलित १३ जना, जेष्ठ नागरिक एकल महिला २४ जना, एकल महिला ३० जना,पूर्ण अपांग ३ जना, अति अशक्त अपांग २३ जना र दलित बालबालिका २५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आईरहेको छन् ।

पिठौलीबाट भत्ता बुझ्न कावासोती बजार सम्म जानुपर्ने बाध्यता रहेको साथै जाँदा आउँदा भाडा र अन्य खर्च निकै नै हुने गरेको थियो । अध्यक्ष उम्मेदवार हुँदा नै यो समस्या समाधानको लागि काम गर्ने भनेर सुरु गरेको र अहिले सफल हुँदा जनताले सुबिधा पाउनेमा विश्वस्त भएको खनालले बताए । अहिले वार्डले नयाँ खाताको लागि घर घरमा अभियान समेत सुरु गरि काम गरिराखेको वडा अध्यक्षले बताए।वडा कार्यालयमा आउन नसक्नेहरुका लागि घरमा नै गएर भत्ता प्रदान गरिने योजना समेत रहेको उनले बताए ।

Write your Comment