आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

खैरो हेरोइन सहित नवलपुरबाट एक जना पक्राउ

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)


नवलपुर ।लागूऔषध खैरो हेरोईन सहित नवलपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपलिका १२ का ३० वर्षिय नुर आलम खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १६ च १६७३ नं को भ्यानमा सवार उनलाई चेकजाँचको क्रममा गैँडाकोटबाट खैरो हेरोईन सहित आइतबार पक्राउ गरेको हो । खानले पाईन्टको खल्तीमा एक पोका र झोलाको भित्र सर्टमा बेरेर राखेको एक पोका गरि दुई पोका ४५/४५ गरी ९० ग्राम खैरो हेरोइन लुकाएर राखेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

Write your Comment