आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024 Search
FLASH NEWS

बालबालिकाले प्रदेश प्रमुखलाई बुझाए ज्ञापनपत्र

    प्रकाशित २०७९ भाद्र ५, आईतबार (१ साल अघि)


जनकपुर। मधेश प्रदेशका बालबालिकाले प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रलाई मधेशका बालबालिकाका सवालहरु समावेश गरी ज्ञापनपत्र बुझाएका छन् ।

कन्साेर्टियम नेपालकाे आयाेजनामा बालबालिकाकाे नेतृत्वमा तयार गरिने बालअधिकार महासन्धि सम्बन्धी प्रतिवेदनकाे मधेश प्रदेशकाे कार्यशालामा बालबालिकाले आफ्ना सवालहरुकाे सम्बन्धमा छलफल गरेका थिए । मधेशमा बालबालिकाका विभिन्न सवालहरु जस्तै बाल विवाह, बेचबिखन, बाल सहभागिता, बालमैत्री स्थानीय शासन जस्ता विषयहरुकाे उठान गरेका थिए । कार्यक्रमा सहभागी बालबालिकाकाे तर्फबाट कृतिका धिताल र कुनाल यादवले प्रस्तुति गर्नुभएको थियो । कन्साेर्टियम नेपालका अध्यक्ष माेहन दँगालले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सल्लाहकार डा. कृष्ण सुवेदीले बालबालिकाका सवाललाई मधेश सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जाेड दिनुभयो।


कार्यक्रममा बाेल्दै माननीय प्रमुखले मधेशका बालबालिकाकाे सवालप्रति प्रदेश सरकार संवेदनशील रहेकाे र ज्ञापनपत्रमा उल्लेख गरिएका सवालहरुलाई सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

Write your Comment