आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नागरिकता विधेयक विरुद्ध अनेरास्ववियु देवचुलीको विरोध प्रदर्शन

    प्रकाशित २०७९ श्रावण १४, शनिबार (१ साल अघि)


देवचुली।अनेरास्ववियु देवचुली नगर कमिटिले सरकारले ल्याएको नागरिकता विधेयकको विरुद्धमा दलदलेमा विरोध प्रदर्शन गरेको छ । नेपालको स्वाधिनता, राष्ट्रिय एकता र सार्वभौमिकता माथि आँच आउने नागरिकता विधेयक नेपाली जनताको हित विपरित भएको भन्दै अनेरास्ववियुले विरोध जनाएको हो ।

विरोध कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य खिमानन्द भुसाल तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सागर न्यौपानेले बोलेका थिए ।एमाले जिल्ला सदस्य भुसालले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्ने विषयमा आँफूहरुको दुईमत नभएको भन्दै नेपालमा जन्मिएका नागरिकले बंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउँदै गैर नेपालीले छिटो भन्दा छिटो नागरिकता पाउँदा नेपालको सार्वभौमिकतामा संकट आउने बताउँदै राष्ट्रियतासँग सम्बन्धित विषय पर्याप्त छलफल गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

यसैगरि अनेरास्ववियु केन्द्रिय सदस्य न्यौपानेले देशमा आउने हरेक संकटमा अनेरास्ववियु सडकमा उत्रिन हरदम तयार रहेको बताउँदै नागरिकता विधेयक माथि लालमोहर लगाउनु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक पुनर्विचारका लागि पुनः सदनमा पठाउने बताउनुभयो ।

Write your Comment