आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नवलपुर तेक्वान्दो संघ (आई टि एफ) को अध्यक्षमा विर कुँवर सर्वसम्मत चयन

    प्रकाशित २०७९ श्रावण ४, बुधबार (१ साल अघि)

राजु चापागाई
देवचुली,४ श्रावण । नवलपुर जिल्ला तेक्वान्दो संघ (आई टि एफ) को अध्यक्षमा विर कुँवर सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट विर कुँवरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा विशाल पाण्डे सचिवमा मन्जु परियार काेषाध्यक्षमा राजु आले मगर सदस्यहरुमा सृजना श्रेष्ठ, दिप आले मगर, रबिना महतो र रबिन कुमाल सर्वसम्मत चयन भएका हुन् ।


नवलपुर जिल्ला तेक्वान्दो संघ (आई टि एफ) को अध्यक्ष विर कुँवर को अध्यक्षता भएको अधिवेशनमा हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डेको प्रमुख अतिथ्यतामा रहेको थियो । त्यसै गरि कार्यक्रममा नेपाल आई टि एफ तेक्वान्दो महासंघका केन्द्रिय सदस्य, गण्डकी प्रदेश आई टि एफ तेक्वान्दो संघका अध्यक्ष एवं राष्ट्रिय ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष घम बहादुर थापा मगर, नवलपरासी खेलकुद विकास समिति( बर्दघाट सुस्ता पश्चिम )का अध्यक्ष तथा लुम्बिनी प्रदेश तेक्वान्दो संघ (आई टि एफ) का अध्यक्ष रितमान कामु मगर, नवलपुर जिल्ला खेलकुद विकास समितिका सदस्य हरि थापा, नवलपुर जिल्ला फुटबल संघ एन्फाका कोषाध्यक्ष लगायत खेलाडी तथा प्रशिक्षकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पेटी परीक्षा तथा कालो पेटी उतिर्ण खेलाडीहरुलाई सम्मान सहित प्रमाण पत्र वितरण गरिएको थियो।

Write your Comment