आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा भैंसीको दुधको मुल्य वृद्धि गरिदैं

    प्रकाशित २०७९ अषाढ ३२, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा भैंसीको दुधको मुल्यमा वृद्धि गरिने भएको छ । देवचुली भैंसीपालन कृषक समूहले शनिबार दलदलेमा पत्रकार सम्मेलन गरि श्रावण १६ गतेदेखि प्रतिलिटर भैंसीको दुधको खुद्रा मूल्य रु १२० कायम गरिने जानकारी गराएको हो ।

पशुपालन क्षेत्रमा आवश्यक पर्ने पराल,भुसा,घाँस,दाना,चापट, ढुटो लगायतका वस्तुहरुमा अत्याधिक मुल्य वृद्धिका कारण दुधको मूल्य वृद्धि गर्नुपरेको कृषक समूहकी अध्यक्ष गोमा देवी घिमिरेले बताइन् । अहिले भैंसीको दुधको मूल्य प्रतिलिटर रु १०० रहेकोे छ । किसानहरुलाई भैंसीपालनमा बचाई राख्न र भैंसीको दूध निरन्तर उत्पादन गर्न दुधको मूल्य वृद्धि गर्नुपरेको घिमिरेले बताइन् ।

देवचुली भैंसीपालन कृषक समूहकि अध्यक्ष गोमादेवी घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा देवचुली नगरपालिका वडा न ७ का अध्यक्ष भुमीसरा आले,वडा न ९ का अध्यक्ष बलिराम सापकोटा ,वडा न १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल,वडा न १३ का अध्यक्ष एकदेव पौडेल ,पशु स्वास्थ्य शाखाका सत्यनारायण गोईतलगायतको आतिथ्यता रहेको थियो ।


वडा अध्यक्षहरुले दुधको मूल्य वृद्धि समस्याको समाधान नभई नगरपालिकामा सर्वपक्षीय छलफल गरि आवश्यक मुल्य वृद्धि गर्नु राम्रो हुने कृषक समूहलाई बताए । पत्रकार सम्मेलनमा भैंसीपालक कृषकहरुले नगरले विभिन्न योजना बनाई किसानहरूका लागि विशेष योजना बनाउन अनुरोध गरेका थिए।

पत्रकार सम्मेलनमा देवचुली भैंसीपालन कृषक समूहका उपाध्यक्ष रेनुका न्यौपानेले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण देवचुली भैंसीपालन कृषक समूहका कोषाध्यक्ष नारायण पाण्डेले गरेका थिए ।

Write your Comment