आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा शिक्षा :बाल विकास पूर्वाधार बसाई व्यवस्थापनमा मेयर कार्यक्रम

    प्रकाशित २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकाले बाल विकास पूर्वाधार बसाई व्यवस्थापनमा मेयर कार्यक्रम संचालन गर्ने भएको छ । नगर सभाले पारित गरेको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रममा बालविकासको शिक्षालाई जोड दिएको छ ।

नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा बाल विकास केन्द्रहरुमा आवश्यक स्रोत,साधन र सिकाई सामग्रीलाई पर्याप्त गराउने उल्लेख छ ।

नगरपालिकाले बालबालिकासँग उपमेयर कार्यक्रम, कक्षा ८ र कक्षा ५ को परीक्षालाई नगरस्तरीय परीक्षा प्रणाली , विद्यालय समय भन्दा बाहेक कोचिङ,ट्युसन जस्ता थप शिक्षण विधिलाई निरुत्साहित गरि विद्यार्थीहरुलाई सिर्जनशील हुन र खेलकुद व्यायाम लगायत साँस्कृतिक कार्यमा सहभागी गराउन आवश्यक स्रोत र सामग्रीको व्यवस्था गर्ने, आधारभुत तहका विपन्न विद्यार्थीहरुको सिकाइ सुनिश्चितताको लागि नि: शुल्क अतिरिक्त पाठयपुस्तक तथा पोषण वितरण ,विद्यालयमा बाल उद्यान निर्माण गर्ने र उत्कृष्टलाई परस्कृत गरिने कार्यक्रम अगाडी सारेको छ । नगरपालिकाले विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गरि आवश्यक भएको विद्यालयमा मिलान गर्ने, नगरपालिकाको लागि आवश्यक जनशक्ति उत्पादन हुने गरि उच्च शिक्षाको नीति तयार गरि क्याम्पस र नगरपालिकाबीच अध्ययन अनुसन्धान कार्यमा सहकार्य गर्ने कार्यक्रम अगाडी सारेको छ ।

Write your Comment