आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगर भलिबल संघको अध्यक्षमा रसाइली चयन

    प्रकाशित २०७९ अषाढ २, बिहिबार (२ साल अघि)


राजु चापागाई, देवचुली । देवचुली नगर भलिबल संघको अध्यक्षमा विजय रसाइली सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको प्रत्येक पालिकामा समिति बिस्तार अन्तर्गत देवचुली भएको पहिलो नगर अधिवेशनबाट रसाइलीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

बिहीबार देवचुलीमा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा धनवीर ओली,सचिवमा नरबहादुर सारु,कोषाध्यक्षमा मोतीमाया गुरुङ्ग,सदस्यहरुमा नरेन्द्र पुलामी,लोकबहादुर वि.क.,देवराज सुस्लिङ,रन्जित थापा,चोकनारायण पूलामी, सन्तोष दवाडी र धनबहादुर राना सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा मनिष आले मगर र सहसचिवमा प्रियंका राना मगर मनोनीत भएका छन् भने जिल्ला अधिवेशन प्रतिनिधिमा विजय रसाइली , चन्द्रबहादुर थापा मगर र प्रदीप मोग्मी चयन भएका छन् ।

जिल्ला भलिबल संघ नवलपुरका सह सचिव चन्द्र थापा मगरको अध्यक्षतामा भएको अधिवेशनमा देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सुभाषचन्द्र ओझाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समितिका सदस्य जीवन श्रेष्ठ ,जिल्ला भलिबल संघ नवलपुरका सदस्य प्रदीप कुमार मोग्मी, जन जागृत युवा क्लबका अध्यक्ष वीरेन्द्रराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment