आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर १ जनाको मृत्यु २ जना घाईते

    प्रकाशित २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)


देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।

देवचुली नगरपालिका वडा नं.११ पृथ्वीनगरको स्थित भित्रि सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १७ प ५३६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मिक्चर बोकेको लु ४ त ४५१६ को ट्याक्टर पछाडी ठोकिन जाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली नगरपालिका वडा नं. ४ का ३२ वर्षीय राजकुमार थापाको मृत्यु भएको हो । थापाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलमा सवार देवचुली नगरपालिका वडा न ४ बस्ने २३ वर्षीय टेकबहादुर सिंजालीको टाउकोमा मध्यम चोट र अन्दाजी २२/२३ वर्षका बिरबहादुर तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुवै सवारी साधन प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Write your Comment