आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

    प्रकाशित २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)


चितवन ।इच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्ध भएको सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार त्यहाँ बिहान ९ बजेतिर पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो ।

डोजरको सहायताले पहिलो पन्छाएपछि तीन घण्टाभित्रै बाटो पुनः सञ्चालनमा आएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।

Write your Comment