आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सडक भाँसिदा यातायात अवरुद्ध

    प्रकाशित २०७९ जेष्ठ २७, शुक्रबार (२ साल अघि)


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

Write your Comment