आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुर रक्त सञ्चार सेवाका लागि भ्यान हस्तान्तरण

    प्रकाशित २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)


नवलपुर । नेपाल रेडक्रस सोसाइटी कावासोती उप शाखाद्धारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ । नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो । आज नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति वेदप्रसाद न्यौपानेको अध्यक्षता , कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नगर प्रमुख र नेपाल हिल्फेका प्रतिनिधिले रक्तसञ्चार केन्द्रका लागि भ्यानको साँचो सभापति न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो । ९० लाखको लागतको भ्यान रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

रक्तसञ्चार केन्द्रका लागि गाडी प्राप्त भएसँगै रक्तदान कार्यक्रममा प्राविधिक सहितको टोली पठाउन, संकलन भएका रगत ओसारपसार गर्न , आकस्मिक रुपमा भरतपुर लगायतका ठाउँमा रगतको आवश्यकता भएको रगत पठाउन सहजता हुने उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताउनुभयो । यस अघि एम्बुलेन्सको प्रयोग गरि रक्तदान कार्यक्रममा प्राविधिक पठाउने र अन्य कार्य गर्दै आएकोमा अब आफ्नै सवारी हुँदा सहजता हुने सभापति न्यौपानेले बताउनुभयो ।

Write your Comment