आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नारायणगढ बुटवल सडकखण्ड दुईतर्फी रुपमा संचालनमा

    प्रकाशित २०७९ जेष्ठ २२, आईतबार (२ साल अघि)


नवलपुर । नारायणगढ बुटवल सडक खण्ड अहिले दुईतर्फी रुपमा संचालनमा आएको छ । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले मर्मत काम सकिएर अहिले सडक दुइतर्फी रुपमा नै सुचारु भएको जानकारी दिनुभएको छ ।

महेन्द्र राजमार्गको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुलको बिचमा परेको प्वालको कारण यातायात सञ्चालन गर्न अत्यन्त जोखीम देखिएकोले त्यसलाई मर्मत गर्नका लागि आज बिहान ८ बजेदेखी २ बजेसम्म सडक बन्द गरिएको थियो ।

Write your Comment