आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा भएको मोटरसाइकल दुर्घटनामा २ जना घाईते

    प्रकाशित २०७९ जेष्ठ १९, बिहिबार (१ साल अघि)


देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

देवचुली नगरपालिका वडा नं.४ झांक्रे स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा. प्र. ०३–००२प ४९३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ना ४५ प ७१२ नं को मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुवै मोटरसाइकलका चालक देवचुली नगरपालिका बस्ने २७ वर्षीय जिवन सोतीको अनुहारमा र २७ वर्षीय होम बहादुर कुँवरको टाउकोमा चोट लागेको छ ।

घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । दुवै सवारी साधन प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Write your Comment