

देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुली नगरपालिका वडा नम्बर ९ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। ऐतिहासिक महत्व बोकेको उक्त अधिवेशन रास्वपाको केन्द्रिय सचिवालय सदस्य सोबिता गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

शनिबार भएको अधिवेशनले विष्णु बहादुर खड्काको नेतृत्वमा नयाँ वडा समिति सर्वसम्मत रूपमा गठन गरेको छ। नवगठित वडा समितिको उपसभापतिमा देवी भुसाल, सचिवमा सरिना गुरुङ चयन हुनुभएको छ ।त्यसैगरी, सदस्यहरूमा हुमकान्त भुसाल, रिमाल थापा, भिममाया खरु, याम कुमारी परियार, सन्त बहादुर नेपाली, तुलनामा मोग्मी, मनिषा दर्जी तथा युवराज भुर्तेल चयन हुनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि गौतमले पार्टीलाई जनमुखी, पारदर्शी र उत्तरदायी बनाउँदै स्थानीय तहदेखि नै संगठन सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो।

प्रथम वडा अधिवेशनमा रास्वपा गण्डकीका सभापति तथा केन्द्रिय सदस्य राजन गौतम लगायत प्रदेश, जिल्ला तथा नगर लगायतका नेताहरुको उपस्थिति रहेको थियो । नवगठित कार्तसमितिको शनिबार नै सपथ ग्रहण कार्यक्रम गरिएको हो । उहाँहरुलाई रास्वपा देवचुली नगर कमिटीका सभापति शेरबहादुर केसीले सपथ गराउनुभएको हो ।