आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

नवलपुरका विद्यालयहरुमा तेक्वान्दो प्रदर्शन शो सुरु

    प्रकाशित २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)


देवचुली। नवलपुर जिल्लामा नवलपुर तेक्वान्दो संघ आई टि एफ ले विभिन्न स्कुलहरुमा तेक्वान्दो प्रदर्शन शो सोमबारबाट सुरु गरेको छ ।नयाँ बर्षसङ्गै जिल्लामा नयाँ भर्ना अभियान संचालनमा आएको हो। जेठ भित्र जिल्ला भरिका विभिन्न स्कुल तथा समुदायमा तेक्वान्दो अभियान संचालन गरिने नवलपुर तेक्वान्दो संघ आई टि एफ का अध्यक्ष वीर कुँवरले जानकारी दिए।

जेठ महिना भरिमा ५०० भन्दा बढी खेलाडी उत्पादन गर्ने र उत्पादन खेलाडीलाई गुणस्तरीय तालिम दिई जिल्लाबाट विभिन्न प्रतियोगितामा सहभागिता गराउँदै जिल्लालाई तेक्वान्दोबाट परिचित गराउनुका साथै राष्ट्रिय स्तरका खेलहरुमा पनि सहभागी गराउने उद्देश्यले नयाँ भर्ना अभियान संचालन गरिएको कुँवरले बताए ।

नवलपुर जिल्लामा विभिन्न ठाउँहरुमा नयाँ भर्नाका लागि तालिम सोमबारदेखि संचालन भएको छ । जिल्लाको दुम्किबास , अरुणखोला,चोरमारा,कावासोती,दलदले ,रजहर , गैंडाकोट लगायतका बजार क्षेत्रमा तेक्वान्दो सञ्चालन हुने अध्यक्ष कुवरले बताए।

Write your Comment