आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा कुल मतदाता २ लाख ५४ हजार

    प्रकाशित २०७८ चैत्र १४, सोमबार (२ साल अघि)


नवलपुर । निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।
आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार नवलपुरको मतदाताको सङ्ख्या दुई लाख ५४ हजार छ सय १५ जना रहेको छ । यसमा १ लाख २१ हजार ३८ जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या १ लाख ३३ हजार पाँच सय ७३ जना रहेको छ । त्यस्तै अन्यमा ४ जना मतदाता छन् ।
सबैभन्दा धेरै मतदाता कावासोतीमा ५५ हजार तीन सय ३० जना छन् भने सबैभन्दा कम बौदिकालीमा ११ हजार ४ सय ९७ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै गैंडाकोट नगरपालिकामा ४७ हजार सात सय १५, देवचुली नगरपालिकामा ३६ हजार आठ सय ६९, मध्यबिन्दु नगरपालिकामा ४४ हजार नौ सय ६४, विनयी त्रिवेणी गाउँपालिकामा २६ हजार छ सय ३३,हुप्सिकोट गाउँपालिकामा १९ हजार एक सय ६ र बुलिङ्टार गाउँपालिकामा १२ हजार पाँच सय १ मतदाता रहेको आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार नवलपुरमा १ सय १३ मतदानस्थल रहने छन् भने २ सय ९९ मतदान केन्द्र रहेका छन् ।

Write your Comment