आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा एमालेका सबै उम्मेदवारहरुद्वारा उम्मेदवारी फिर्ता

    प्रकाशित २०७८ फागुन २८, शनिबार (२ साल अघि)


देवचुली । देवचुली ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा एमालेका सबै उम्मेदवारहरुद्वारा उम्मेदवारी फिर्ता गरेका छन्। सहमतिको प्रयास विफल भएपछी नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिए संगै कांग्रेसका उम्म्मेद्वारहरु निर्विरोध चयन भएका हुन्।

नेकपा एमालेले निर्वाचन गरेर संस्थाको खर्च गर्न नचाहेको हुनाले सहमतिको लागि अथक प्रयास गर्दा पनि सहमति नजुटेपछि नेकपा एमाले निर्वाचनमा सहभागी नहुने नेकपा एमाले देवचुली ९ का अध्यक्ष राम प्रसाद पन्तले बिज्ञप्ति मार्फत जनाएका छन्।

नेपाली कांग्रेसले निर्वाचन गर्ने अडान लिएसंगै सहमति जुट्न असफल भएको हो। संस्थाको सातौं अधिवेशन अन्तर्गत सहमति जुट्न नसके पछि एमालेका १० जना उम्मेदवारहरुले नाम फिर्ता लिए संगै कांग्रेसका उम्मेद्वारहरु निर्विरोध विजयी भएका हुन्।

Write your Comment