आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

पल शाहलाई बयानका लागि नवलपुर ल्याईदै

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)


नवलपुर । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि नवलपुर ल्याइने भएकाे छ ।फागुन ११ गते एक नाबालिका गायिकाले शाहले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

फागुन १५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाह विरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडाकोट लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकाेटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डले जानकारी दिईन ।

प्रहरी स्राेतका अनुसार शाहलाई आज गैडाेकाटमै राखिने र भाेलि कावासाेती लगेर सरकारी वकिलकाे कार्यालयमा बयान लिने तयारी छ।इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती बालिकाले दर्ता गरेको जाहेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको उल्लेख छ ।

Write your Comment