आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली महोत्सव फाल्गुन १६ देखि २८ सम्म संचालन हुने

    प्रकाशित २०७८ फागुन १२, बिहिबार (२ साल अघि)


नवलपुर । फाल्गुन १६ गतेदेखि २८ गतेसम्म नवलपुरमा देवचुली महोत्सव हुने भएको छ ।नवलपुरको देवचुली नगरपालिकामा तेस्रो देवचुली महोत्सव हुन लागेको हो ।देवचुली उद्योग वाणिज्य संघको आयोजनामा र नव प्रगति युवा क्लब, प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजनामा महोत्सव हुन लागेको हो ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाका अनुसार देवचुली १० प्रगतिनगर सव स्टेसन नजिकै  महोत्सव हुने जानकारी दिए ।कोभिडले थला पारेको कृषि र पर्यटनलाई उकास्नका लागि महोत्सवको आयोजना गरिएको उनले बताए ।

महोत्सव पश्चात यहाँको व्यवसाय, कृषि र पर्यटनलाई पनि थप सहज हुनेमा विश्वसत राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।महोत्सवमा करिब १ सय ५० प्रदर्शनी स्टल रहने छ । महोत्सवमा थप आकर्षणका रुपमा बालउद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम रहनेछन् ।

Write your Comment