आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कपमा अभिषेक चर्च रजहर फाईनल प्रवेश

    प्रकाशित २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)


राजु चापागाई,देवचुली।
देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै फाईनलमा प्रवेश गरेको छ ।

देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत प्रगतिकला मन्दिर युवा क्लब र अभिषेक चर्च रजहरबीच भएको खेलमा अभिषेक चर्च रजहर २-१ गोल अन्तरले विजयी भएको हो ।बिहीबारको खेलमा अभिषेक चर्च रजहरका तर्फबाट नवराज गुरुङ र ग्लोरीले १/१ गोल गरेका थिए भने प्रगतिकला मन्दिरका तर्फबाट हार्दिक भण्डारीले गोल गरेका थिए । खेलमा अभिषेक चर्च रजहरका जगदीश मगर उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत फाइनल खेल शनिबार सेन्ट्रल कलेज २८ बिगाहा र अभिषेक चर्च रजहरबीच हुने क्लबका सचिव डण्डापाणि न्यौपानेले बताए ।

Write your Comment