आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता :समाज सुरक्षा क्लब र शान्तिदिप युवा क्लब विजयी

    प्रकाशित २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)


राजु चापागाई,देवचुली ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा समाज सुरक्षा क्लब र शान्तिदिप युवा क्लब विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको समाज सुरक्षा क्लब र सेभेन स्टार क्लबबीच भएको पहिलो खेलमा समाज सुरक्षा क्लब २-० गोल अन्तरले विजयी भएको छ । खेलमा समाज सुरक्षा क्लबबाट दुवै गोल प्रदीप तिवारीले गरेका थिए ।
त्यस्तै रजहर युवा क्लब र शान्तिदिप युवा क्लब पृथ्वीनगरबीच भएको दोस्रो खेलको निर्धारित समयमा बराबरी (०-०) गोल हुँदै ट्राईबेकरमा शान्तिदिप युवा क्लब ९-८ गोल अन्तरले विजयी भएको छ ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आइतबारको खेल झाक्रे र अरुणखोला साथै दलदले १३ र मालपुर बीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment