आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

देवचुली एमाले वडा अधिवेशनः अधिकांश सर्वसम्मत, १३ मा निर्वाचन, ३ मा स्थगित

    प्रकाशित २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)

खगेन्द्र पराजुली,नवलपुर । देवचुलीमा जारी एमाले वडा अधिवेशन अन्तर्गत केही वडामा नेतृत्व चयन भएका छन् । वडा नं. ३ को अधिबेशन आजलाई स्थगित भएको छ भने वाँकी वडाहरुमा अधिबेशन भईरहेको देवचुली एमालेले जनाएको छ ।

वडा नं. ३ मा सर्वसम्मत नभएपछि अधिबेशन स्थगित गरी सर्वसम्मतको कसरत चलिरहेको देवचुली ईन्चार्ज मुक्तिराम पाण्डेले बताए ।
देवचुली ईन्चार्ज पाण्डेका अनुसार वडा नं. १३ मा अध्यक्षका प्रत्यासी २ जना भएपछि आन्तरिक निर्वाचनबाट राजेश रसाईली अध्यक्षमा निर्वाचित भएका छन् । यहाँ ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

वडा नं. ७ मा ढकलाल काफ्लेको अध्यक्षतामा ३१ सदस्यीय, १० मा रुक्मागत भुसालको अध्यक्षतामा २९ सदस्यीय, ११ मा हुमकान्त सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

यस्तै, वडा नं. ६ मा पुरन सोमै, १६ मा लालप्रसाद अधिकारी, १७ मा सुनिता लम्साल, ५ मा ठाकुर पोख्रेल र ४ मा टेक बहादुर दर्लामी, ९ मा रामप्रसाद पन्त, १२ मा सीता भुसाल, १४ मा रामेश्वर हमालको अध्यक्षतामा वडा कमिटि गठन भएको देवचुली नगर कमिटिका सचिव डिलाराम पाण्डेले जानकारी दिए ।

सवै वडामा ३१ सदस्यीय नबढ्ने गरी कमिटि गठन भएको जनाईएको छ । केही वडामा पूर्ण कमिटि नबने पनि पछि पदपुर्ति गरिने जनाईएको छ ।

Write your Comment