आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नेपाल पहिलोपटक साफ च्याम्पियसिप फुटबलको फाइनलमा

    प्रकाशित २०७८ आश्विन २७, बुधबार (२ साल अघि)


काठमाडौ । नेपाल साफ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ।

बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो।खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले सुरुवाती अग्रता लिएको थियो। तर नेपालले पेनाल्टीमार्फत खेलको ८८ औँ मिनेटमा बराबरी गोल फर्काउँदै उपाधि भिडन्त सुनिश्चित गरेको हो।नेपालका लागि अन्जन विष्टले गोल गरेका हुन् ।

साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।बुधवार राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ।

Write your Comment