आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

विश्वभर बन्द भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पुन: सुचारु

    प्रकाशित २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)


काठमाडौं । विश्वभर बन्द भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सुचारु भएको छ ।
डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्धको सामना गरेको हो । हिजो साँझ देखि बन्द भएको फेसबुकको फोटो शेयरिङको एप इन्टाग्रामदेखि म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थियो । यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए । आज बिहान ५:३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सुचारु भएको जनाएका छन् ।

Write your Comment