आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन तथा प्रयोगमा रोक

    प्रकाशित २०७८ आश्विन १६, शनिबार (२ साल अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकामा चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयत, बिक्रीवितरण र प्रयोगमा पूर्ण रोक लगाइएको छ । शुक्रबार देवचुली नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगबाट समुदायमा नकारात्मक प्रभाव पर्ने देखिएको भन्दै निर्देशन दिएको हो ।
नगरपालिकाले वन तथा वातावरण मन्त्रालयबाट गत २०७४/०५/२८ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार वातावरण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरि चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक उत्पादनको प्रयोग गर्न रोक लगाइएको हो ।
देवचुली नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृतद्वारा जारी गरिएको विज्ञप्तीमा नगरपालिका क्षेत्रभित्रका सबै उद्योगी, व्यवसायी तथा नगरवासी महानुभावहरुमा सरसफाई लगायत वातावरणीय सन्तुलन कायम गरि आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ ।

Write your Comment