आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

काँग्रेसका महामन्त्री डा. कोइरालाद्वारा सभापतिको उम्मेद्वारी घोषणा

    प्रकाशित २०७८ भाद्र २७, आईतबार (२ साल अघि)


देवचुली । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले शनिबार नवलपुर आएर सभापतिमा उम्मेद्वारी रहने घोषणा गरेका छन् ।
शनिबार नेपाली काँग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै उनले उम्मेद्वार घोषणा गरेका हुन् ।उनले भने – ” गिरिजा बाबुले जसरी विराटनगर गएर आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको थियो, मैले पनि मेरो गृह जिल्ला आएर आज सभापति पदको लागि उमेद्वारी घोषणा गर्दछु ।” उनले सहमतिमा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिंदै सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर जानेमा जोड दिए तर, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा जोड दिएका थिए ।

देवचुली नगरपालिकाको दलदले बजारमा रहेको विपी स्मृति भवनमा नेपाली काँग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो ।पार्टी कार्यालय उद्घाटन कार्यक्रममा ओमकला गौतम, विष्णु लामिछाने, महेन्द्रध्वज जिसी लगायतले बोलेका थिए ।

कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख एवम् नेपाली काँग्रेस देवचुली नगरपालिकाका नगरसभापति पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Write your Comment