आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

सुनवलको तुरिया खोला पुल भासियो, पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    प्रकाशित २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)

नवलपरासी। अविरल बर्षासंगै आएको बाढीले पश्चिम नवलपरासीको सुनवल स्थित तुरीया खोलाको पुल भासिएको छ । पुल भासिएपछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुलको २० देखी २५ प्रतिशत भाग चर्किएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिनुभएको छ ।

पुल जोखिममा परेपछि राती देखी नै पुलमा सवारी साधन आवतजावतमा रोक लगाईएको थियो । पुर्व पश्चिम राजमार्ग अन्तरगत नै बर्दघाट स्थित लण्डनव्रिज पुल पनि जोखिममा रहेको प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो । राजमार्ग विस्तारका क्रममा बनाईएका डाईभर्सन पनि जोखिममा रहेको लामाले बताउनुभएको छ । राती नै रुपन्देहीको देवदह स्थित घोडाहा र सित्तलनगर जोड्ने पुल भासिदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

Write your Comment