आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा साउन ६ गतेसम्म निषेधाज्ञा ,सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट सन्चालन गर्न पाईने

    प्रकाशित २०७८ अषाढ २६, शनिबार (३ साल अघि)


नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञा साउन ६ गते सम्म थप गरिएको छ । असार २७ गते राति १२ बजे देखि साउन ६ गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ ।

निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णय यथावत राखिएकोे छ । यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने बताइएको छ स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ । आर्थिक गतिविधी तथा व्यवसाय दैनिक सञ्चालन गर्न पाइने भएको छ तर अत्यावश्यक बाहेक व्यवसायीहरुको हकमा साँझ ६ बजे अनिवार्य पसल बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।

Write your Comment