आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुलीका रामप्रसाद भट्टराईको उपचारका लागि सहयोग गर्न अपिल

    प्रकाशित २०७८ जेष्ठ २९, शनिबार (२ साल अघि)


देवचुली। पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ निवासी ५० बर्षीय रामप्रसाद भट्टराईको उपचारका लागि सहयोग गर्न उनको परिवारले अपिल गरेको छ । उनको १० बर्ष अघि दुवै मृगौला फेल भए पछि प्रत्यारोपण गरिएको थियो ।

भट्टराईकी श्रीमतीले मृगौला दिएर मृगौला प्रत्यारोपण गरेको भए पनि त्यसको दुई बर्ष पछि प्यारालाइसिस भएको थियो । प्यारालाइसिस भए पछि उनको अहिले दायाहर पुरै नचलेको उनका छोरा निरज भट्टराईले बताए ।

अहिले उपचारमा आर्थिक अभाव भए पछि आर्थिक सहयोगको लागि उनको परिवारले अपिल गरेको हो । आजसम्म सम्पूर्ण खर्च घरबाटै गरिएको र हाल १० वर्षसम्म औषधि सेवन गरिरहँदा थप उपचारका लागि आर्थिक अवस्था निकै नै न्यून भएको सहयोगको लागि अपिल गरेको छोरा निरजले बताए ।

रामप्रसादलाई अहिले मृगौलामा समस्याका साथै प्यारालाइसिस, क्षयरोग, मधुमेह, सुगर, प्रेसर लगायतको दीर्घरोगहरु समेत देखिएको छ । सहयोगको लागि निम्न खातामा रकम पठाउन सकिने वा सोझै भेटेर सहयोग गर्न परिवारले अपिल गरेको छ ।

Bank : Himalayan Bank ltd. Kawasoti Branch    Account No. : 03809392590018 Account Holder Name : Neeraj Bhattarai SWIFT CODE : HIMANPKA Contact Details Neeraj Bhattarai : 9821509602 Devchuli-09, Nawalparasi ( Bardhaghat susta east), Gandaki Province, Nepal.

Write your Comment