आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुर समाज दक्षिण कोरियाद्धारा आईसीयु बेड प्रदान

    प्रकाशित २०७८ जेष्ठ २५, मंगलबार (२ साल अघि)


कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पताललाई आईसीयु बेड हस्तान्तरण गरिएको छ । नवलपुर समाज दक्षिण कोरिया मार्फत जिल्ला अस्पताललई आठ थान आईसीयु बेड हस्तान्तरण गरिएको हो ।
नवलपुरबाट कामको शिलशिलामा कोरिया पुगेका नेपालीहरुबाट सहयोग संकलन गरि समाज मार्फत जिल्ला अस्पताललाई आईसीयु बेड हस्तान्तरण गरिएको हो ।
नवलपुर समाज दक्षिण कोरियाले रु. ४ लाख ८० हजार मुल्य बराबरका ८ वटा आईसीयु बेड हस्तान्तरण गरेको समाजका पूर्व सचिव हेमराज चापागाईंले बताउनुभयो ।
आईसीयु बेड हस्तान्तरण गर्दै निवर्तमान सांसद तिलक महत सहयोगि संस्था नवलपुर समाज दक्षिण कोरियालाई धन्यवाद दिनुभयो । उहाँले मध्यविन्दु जिल्ला अस्पतालको भौतिक तथा स्वास्थ्य सेवा विकासको क्रममा रहेको उल्लेख गर्नुभयो । प्रदेश र संघ सरकारको सहयोगमा अस्पतालको विकास हुदै गएको बताउदै अब यसको शय्या विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । हाल ५० शय्याको अस्पतालको शय्या थप्नुपर्ने बताउनुभयो । उहाँले भोलीका दिनमा मेडिकल कलेजको रुपमा समेत विकास गर्ने योजना बनाउनुपर्ने बताउनुभयो । सरकारले अस्पतालको विकासका लागि कुनै पनि समाग्रीको अभाव हुन नदिने र यसकालागि आफ्नो समेत पहल हुने निवर्तमान सांसद महतले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाल, नेपाली कांग्रेसका नेता महेन्द्र पोख्रेल, अस्पतालका मे.सु. डा. बीर बहादुर थापा, जिवन सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment