आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

छानबिन समितको निष्कर्ष : भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट आवेगमा

    प्रकाशित २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)

भेरी  । भेरी अस्पतालका स्वास्थ्यकमीमाथि आफन्तहरु ‘आवेग’मा आएर कुटपिट गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे आफन्तलाई बुझाउन नसक्दा सो घटना भएको निष्कर्ष निकालेको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टसहित सात सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो ।

विष्टले कोरोना उपचारका लागि भर्ना गरिएका बिरामीका आफन्त र परिवारलाई राम्रो सँग बुझाउन नसक्दा कारण सो समस्या उत्पन्न भएको बताए।

समितिले अस्पतालमा कार्यरत जनशक्तिहरुले आफूलाई सेवकका रुपमा लिई सेवाग्राहीप्रतिका व्यवहारमा नम्रता तथा शिष्टता देखाउनुपर्ने सुझाव समेत दिएको छ।

 

त्यस्तैगरी, समितिले अस्पतालमा कार्यरत जनशक्तिहरुले आफूलाई सेवकका रुपमा लिई सेवाग्राहीप्रतिका व्यवहारमा नम्रता तथा शिष्टता देखाउनुपर्ने सुझाव समेत दिएको छ।

गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, भरत रावत र छोरा लोकराजलगायतले भेरी अस्पतालको आईसीयूमा तोडफोड साथ—साथै स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

स्वास्थ्यकर्मीहरूले हातपात गर्नेलागि हदैसम्म कारबार्ही गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए।

सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख रुपैयाँ जरिवाना र चार वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ ।

जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात र्पुयाउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

Write your Comment