आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

    प्रकाशित २०७८ जेष्ठ १८, मंगलबार (२ साल अघि)


कावासोती । चोरीका सामाग्री सहित जिल्ला प्रहरी कार्यालय नवलपुरले दुई जनालाई पक्राउ गरेको छ । कावासोतीका विभिन्न ५ वटा घर तथा पसलको चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।
सुनका गरगहना,टिभि,थाल, कचौरा, मिक्सचर, मोवाईल सेट, राइस कुकर लगाएतका सामाग्रि सहित प्रहरीले कावासोती १ का २७ वर्षीय कृष्ण बहादुर परियार र देवचुली १६ बस्ने ३९ वर्षीय मोटे भन्ने हरी दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
कावासोतीका बिभिन्न ५ स्थानका चोरीका घटनामा उनिहरुको संलग्न रहेको पाईएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । चोरीमा अन्य एक जना समेत संलग्न रहेको प्रारम्भिक अनुशन्धानबाट खुलेको र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।
बैशाख २३ मा कावासोती ३ का नारायण अर्याल, बैशाख २५ मा कावासोती ५ का मनमाया पाइजा, जेठ १४ गते कावासोती ६ का सरस्वती भुषालको घरमा भाडामा रहेको मणी न्यौपानेको पुजा सामाग्री पसल, सोही घरमा भाडामा रहेका खिममाया राना र जेठ १५ गते कावासोती ६ का राजु रसाइलीको घरको चोरी पक्राउ परेका दुई जना संलग्न रहेको पाईएको छ ।
सबै चोरीका घटनामा गरि करिब १३ लाख ४२ हजारको सामाग्री चोरी भएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट भने करिब ५ लाख बराबरको सामान बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा चोरले लामो समय सम्म घरमा मानिस नबसेको, घरका मानिस बाहिर गएको र कोही पनि नभएको अवस्थामा चोरी गर्ने गरेको खुलेको छ । राति ११ देखी १२ बजेको समयमा चोरी गर्ने घरमा निगरानी गर्ने र करिब १ बजे देखी ४ बजेको समयमा चोरी गर्ने गरेको पाईएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक गिरीले यदी घरका सबै परिवार कतै जाने भए सोको बारेमा जानकारी दिने गरि सामाजिक सञ्जालमा नराख्ने र प्रहरीलाई समेत आफुहरु घर बाहिर जादा निगरानीकालागि अनुरोध गरे यस्ता प्रकृतिका चोरीका घटनाबाट बच्न सकिने बताउनुभयो ।

Write your Comment