आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

देवचुली नगरलाई कोभिड विरुद्ध लड्न जागृतिद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

    प्रकाशित २०७८ अषाढ ६, आईतबार (२ साल अघि)


दिपक शर्मा, देवचुली । कोभिड १९ को रोकथामका लागि फ्रन्टलाईनमा खटीने स्वास्थ्थकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु जागृति बाल तथा युवा सरोकार नेपाल र क्यान्नलन स्विजरल्याण्डद्धारा देवचुली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कोभिड १९ को महामारीमा स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाईनले प्रयोग गर्ने सर्जिकल मास्क ४००० पिस, एन ९५ मास्क ५० पिस, सेनीटाईजर १० लिटर र पिपिई सेट ( पुनः प्रयोग) योग्य २६ पिस आज एक कार्यक्रमका किशोरी अभियन्ता विद्या ढुँगाना र संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले संयुक्त रुपमा देवचुली नगरपालिकाका नगर प्रमुख र नगर उपप्रमुखलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कोरोना विरुद्धको अभियानमा सदैव नगरको साथमा रहेको र अघिल्लो वर्ष पनि यसको लागि एकीकृत रुपमा सहयोग गरेको र हाल पनि बालबालिकाहरु र किशोरीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँचको लागि फ्रन्टलाईनहरुलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरिएको बताउनुभयो । साथै उहाँले नगरले आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गर्ने क्रममा रहेकोले किशोरीमैत्री क्वारेन्टाईनहरु, बालबालिकाहरुको लागि लक्षित स्वास्थ्य र अन्य कार्यक्रमहरु राख्नको लागि र नागरीक संघ संगठनहरुसँग समेत सहकार्यको लागि अनुरोध गर्नुभयो ।
विपदको समयमा देवचुली नगरपालिकालाई सहयोग गरेकोमा नगरप्रमुख श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । श्रेष्ठले यो सामाग्रीहरुको सही तवरबाट स्वास्थ्य शाखाबाट समन्वय गरि सवै फ्रन्टलाईनहरुलाई प्रदान गरिने आगामी दिनमा संस्थाहरुसँग हातेमालो गरि अगाडि बढ्न नगरपालिका ईच्छुक रहेको बताउनुभएको थियो ।सो हस्तान्तरण समारोहमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, किशोरी अभियन्ताहरु र संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
संस्थाले यसै गरी कावासोती नगरपालिका र नेपाल पत्रकार महासँघ नवलपुर शाखालाई समेत स्वास्थ्थ सामाग्रीहरु भोली प्रदान गरिने संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

Write your Comment